अर्थमन्त्रीलाई सुरेन्द्र पाण्डेको प्रश्न - शिक्षामा कमिसन नदेखेर बजेट कम छुट्याउनु भएको हो ?
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई शिक्षामा कम बजेट छुट्याएको भन्दै कटाक्ष गरेका छन् । सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा बुधबार पाण्डेले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट छुट्याउँदा कमिसन नपाइने भएकाले बजेट नछुट्याएको हो भन्दै शर्मालाई प्रश्न गरे ।
‘केही समयअगाडि यहाँले के भन्नुभएको थियो जस्तो लाग्छ भने शिक्षा र स्वास्थ्यमा मन्त्रीहरूले पैसा हाल्दैनन् । किनभने त्यहाँबाट कमिसन आउँदैन,’ उनले भने, ‘तर, तपाईंले पनि त्यहाँ बस्दा शिक्षामा पैसा त बढाउनु भएन नि ?’
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट बढ्नुपर्नेमा झन् घटेको भन्दै सरकारको आलोचना गरे ।
‘११ प्रतिशतभन्दा कम पैसा १० दशमलव ९ प्रतिशत मात्र हाल्नुभयो । उच्च शिक्षाको हाम्रो जुन खालको कमजोर हालत छ त्यो हालतलाई तपाईंहरूले ध्यानमा राखेर बजेट छुट्याउनै भएको छैन,’ उनले प्रश्न गरे, ‘के त्यसमा तपाईंहरूले पनि कमिसन नदेखेर नछुट्याउनु भएको हो ?’

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया