बिउ र मल नपाउने किसानलाई पेन्सनको 'ललिपप' देखाउनु मानहानी : विमलप्रसाद श्रीवास्तव
काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले समयमै बिउ र मल नपाउने किसानका लागि पेन्सनको व्यवस्था गर्छु भन्नु किसानको मानहानी गर्नु भएको टिप्पणी गरेका छन् ।
सरकारले जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमार्फत प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा बुधबार संसदमा बोल्दै उनले किसानलाई पेन्सनको ललिपप देखाउनुभन्दा समयमै बिउ र मलको व्यवस्था गर्न अनुरोध गरे ।
‘बजेटमा किसानको पेन्सनको कुरा पनि लेखिएको रहेछ । जुन देशका किसानले समयमै मल र बिउ प्राप्त गरिरहेका छैनन् ती किसानलाई पेन्सनको ललिपप देखाउँदा उनीहरूको मानहानी गरिरहेको महसुस भइरहेको छ,’ उनले भने, ‘तसर्थ म के निवेदन गर्न चाहन्छु भने किसानलाई समयमै उचित मल–बिउ र किसानले उत्पादन गरेका वस्तुहरूलाई उचित बजारको व्यवस्था गरोस् ।’

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया