नीति तथा कार्यक्रम अधुरो र खोक्रो : पूर्व मुख्यमन्त्री पौडेल

हेटौंडा - बागमती प्रदेशका पूर्व मूख्यमन्त्री डोरमणि पौडेलले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अपुरो, अधुरो र खोक्रो भएको बताएका छन् । प्रदेशसभाको नीति तथा कार्यक्रममाथि धारणा राख्दै पौडेलले नीति तथा कार्यक्रम मासु नभएको अस्पिपञ्जर जस्तो मात्रै भएको बताएका हुन् ।
उनले समाजवादका कुरा गरिए पनि व्यवहारमा नदेखिएको र आफूले खोजेको कुरा नीति तथा कार्यक्रममा नभेटिएको बताए । आफ्नो नेतृत्वको सरकारले बनाएको नीति तथा कार्यक्रम फिक्का बनाउने ढंगले अहिलेको कार्यक्रम आउने अपेक्षा गरेको तर त्यसो नभएको उनले बताए । समाजवादको नारा र कुरा गर्नेहरुले समाजवादी कार्यक्रम नल्याएको उनको दाबी छ ।
त्यसैगरी बागमती प्रदेशको पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यो नीति तथा कार्यक्रम बेवारिसे बन्ने निश्चित भएको दाबी गरेकी छिन् । उनले हेटौंडा कपडा उद्योग ध्वस्त भएको र चलायमान चलायमान नभएको बताउँदै त्यही उद्योगबाटै उत्पादन भएको लुगा लगाउनै पर्छ भनेर केन्द्रीय बजेटमार्फत निर्देशन जारी गर्नु उचित नभएको बताएकी छिन् । महिला हिंसा मुक्त प्रदेश बनाउन प्रदेशले विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनले जोड दिइन् ।

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

प्रतिक्रिया