शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

‌ओलीका मन्त्रीमाथि सांसदको आरोप : 'भ्रष्टाचारी नम्बर वान, डन नम्बर वान र हत्यारा नम्बर वान'

काठमाडौं : संसद्मा केपी शर्मा ओली सरकारका शहरी विकासमन्त्री प्रभु साहमाथि नै गम्भीर आरोप लागेको छ । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् दिल कुमारीले मान्त्री साहमाथि भ्रष्टाचारी, डन र हत्याराको आरोप लगाएकी हुन् ।

उनले मन्त्री साहलाई 'भ्रष्टाचारी नम्बर वान, डन नम्बर वान र हत्यारा नम्बर वानको छवि बनाएका मन्त्री'को रुपमा चित्रित गरेकी छन् ।