पानीमा लेउ र किरा भेटिएपछि व्यापारीलाई ५० हजार जरिवाना

सुर्खेत : प्रशोधित पानीमा किरा र लेउ विक्री गर्ने सुर्खेतका दुई वटा पानी उद्योगका सञ्चालकलाई कारबाही गरिएको छ । प्रशोधित पानीमा लापरवाही गरी विक्री वितरण गरेको भन्दै सुर्खेत जिल्ला अदालतले ५०/५० हजार जरिवानाको फैसला सुनाएको छ । दुषित पानी विक्री गरेपछि अदालतले जनही ५०/५० हजारको जरिवाना गर्ने फैसला सुनाएको हो ।
मध्यपश्चिम वाटर एण्ड वेभरेज उद्योग प्रा.लि.का सञ्चालक कृष्ण आचार्य र देउती दर्शन वाटर एण्ड वेभरेज प्रा.लि. का सञ्चालक भीमबहादुर भण्डारीलाई अदालतले जनही ५०/५० हजारको जरिवना गर्ने फैसला गरेको हो ।
आचार्यविरुद्ध र भण्डारीविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले दुषित खाद्य वस्तु (पानी) उत्पादन तथा विक्री वितरण सम्बन्धी मुद्दा दर्ता गरेको थियो । कार्यालयले गत फागुन २८ गते सुर्खेत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।
अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको चैत नौ गतेको इजलासले सञ्चालक आचार्य र भण्डारीलाई ५०/५० हजार जरिवना गर्ने फैसला भएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।
खाद्य ऐन २०२३ को दफा ३ विपरितको कसुरमा सोही ऐनको दफा ५ को उपदफा १ बमोजिम पाँच वर्ष कैद र ५० हजार सम्म जरिवाना वा दुवै सजाए हुने उल्लेख गरेको छ । सो अनुसारको अधिकतम जरिवानाको सजाए भएको उनको भनाइ छ ।

अधिक भारवहन नियन्त्रणमा कडाइ गर्न बागमती प्रदेश राजमार्ग सुरक्षा कार्यालय र जिल्…
_N3VBWT6YsE_dst4gq1uvhwam0rpexep7njnpuv7jsjlcrxonllaviayyyzndafz5gwdyke5_l1TlbG268p_sesy3enx0smblga0d5z7g199hopwhbo07fv8xyijgfttoo8yopzma4ahrysr.jpg)
भिजिट भिसामा एक वर्षमै उडे पौने तीन लाख, ४२ प्रतिशतभन्दा बढी महिला
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd.jpg)
साउनको तेस्रो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

कोरियाको भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने

एलोभेरासँग मुल्तानी माटो मिसाएर लगाउनुहोस्, हुन्छ अनुहार चम्किलो

राशिफलमा यस्तो छ तपाईंको भाग्य

बालप्रतिभाको तालमा गुञ्जियो मादल: वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्…

प्रतिक्रिया