शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

एनएमबिद्धारा नेदरल्याण्ड संस्थाको सहयोगमा चुल्हो वितरण

काठमाडौँ - एनएमबि बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाइजेशन (एसएनभी) को रिजल्ट बेस्ड फाइनान्सिङ परियोजना अन्तर्गत ५ हजार ७ सय २८ सुधारिएको चुल्हो वितरण गरिएको छ । बैंकले परियोजनासँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रुपमा काम गरेको थियो । परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो बितरण गरेर ग्रामिण भेगका जनताहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ प्राक्टिकल एसएनभीसँग बैंकले सहकार्य गरेर सुदुरपश्चिम र कर्णालीका प्रदेशका ग्रामिण भेगमा सुधारिएको चुल्हो वितरण गरेको हो ।

बैंकको लघुवित्त विभागले एसएनभीसँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक कार्य गरिरहेको छ भने यस परियोजनाको साथसाथै अन्य विभिन्न परियोजनाहरूसँग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ । यस परियोजनाले दाउराको खपत घटाएर बनको संरक्षणमा मद्दत पुग्ने, विशेषगरि भान्छाको लागि गर्नुपर्ने कठिनाइमा कमी ल्याउने, धुवाँ धुलोमा कमीको कारणले वायु प्रदूषणमा समेत नियन्त्रण भई समग्र आगलागीको खतरा तथा धुँवा तथा धुलोको कारणले स्वास्थमा आउने रोग समेत कमि हुने विश्वास लिइएको छ । 

एनएमबि बैंकले दि फाइनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।