जोनी डेप–एम्बर हर्ड विवादमा अदालतको फैसला : जोनीभन्दा एम्बर धेरै दोषी

भर्जिनिया - एक अर्काविरुद्ध मानहानीको मुद्दा लगाएर ६वर्षदेखि अदालतमा लडिरहेका हलिउड कलाकार जोनी डेप र एम्बर हर्ड दुवैलाई अदालतले दोषी ठहर गरेको छ । कानुनी रुपमा एम्बर हर्डमाथि जोनी डेपले जितेको निर्णय भए पनि अदालतले उनले पनि एम्बर हर्डको प्रतिष्ठामाथि आँच पुर्याएको भन्दै जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ ।
भर्जिनियाको अदालतले वासिङटन पोस्टमा एम्बर हर्डले अप–एड लेख्दै डेपको बदनाम गरेको भन्दै उनलाई १ अर्ब ५ करोड अमेरिकी डलर जरिवाना तिर्ने आदेश दिएको हो । उता यसको बचाउका क्रममा जोनी डेपले पनि एम्बरको मानहानी गरेको भन्दै अदालतले उनले पनि २० लाख अमेरिकी डलर एम्बरलाई तिर्नुपर्ने फैसला सुनाएको छ ।
यो फैसलालाई जोनी डेप पक्षले जितको रुपमा अथ्र्याएको छ र डेपले अदालतको निर्णयले आफ्नो जीवन फिर्ता आएको भन्दै यो लडाइँमा साथ दिने वकिलदेखि शुभचिन्तकसम्मलाई धन्यवाद दिएका छन् । उता एम्बर हर्डले भने अदालतको यो निर्णयले भविष्यमा अमेरिकामा कुनै पनि महिलाले आफूविरुद्धको हिसांमा बोल्ने बाटो बन्द गरेको प्रतिक्रिया दिएकी छिन् । एम्बरका वकिलले यो निर्णयमा पुनरावेदन गर्ने संकेत गरेका छन् ।
जोनी डेप र एम्बर हर्डको भेट हलिवुड चलचित्र ‘द रम डायरी९२०११०’को सेटमा भएको थियो । त्यसको केहि समय पछि, दुवैको भेट चलचित्र प्रोमोसन गर्ने क्रममा भएको थियो। सन् २०१२ मा दुवैजना प्रेममा रहेको खबर बाहिरियो र सन् २०१५ मा दुवैले विवाह गरे ।
तर विवाह भएको १५ महिना पनि नबित्दै, अभिनेत्री एम्बर हर्डले आफ्नो अनुहारमा लागेको चोटका दागहरु सहित, जनि डेपसँग सम्बन्ध बिच्छेदका लागी निबेदन दिइन् । दुवैजनाले उनीहरुको सम्बन्ध अब नरहेको दाबी गरे। जोनी डेपले सम्बन्ध बिच्छेद पछि एम्बर हर्डलाइ ७ मिलियन डलर दिएका थिए, जुन राशि एम्बर हर्डले दान गर्न चाहेको बताएकी थिइन् । तर जोनीले एम्बरले वाचा गरेअनुरुप पैसा दान नदिएको दाबी गर्दै आएकी छिन् ।
सन् २०१८मा एम्बर हर्डले, आफू घरेलु हिंसाको शिकार भएको भन्दै वाशिङ्टन पोष्ट पत्रिकामा एउटा लामो लेख लेखेकी थिइन् । त्यस लेखमा कसैको नाम नखुलाइएको भएता पनि अभिनेता जोनी डेपले उक्त लेखले उनको मान हानी भएको र प्रोफेसनल करियरमा पनि असर गरेको भन्दै आफ्नी पूर्वपत्नी एम्बर हर्ड विरुद्ध ५० मिलियन डलर बराबरको मानहानी मुद्दा दर्ता गरे । बदलामा डेपकी एम्बर हर्डले १०० मिलियन डलरको केस दर्ता गरिन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया