कोरोना भाइरसबाट विश्वमा १२ लाख ५० हजार बढीको मृत्यु

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोभिड-१९ बाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ ।
गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८ सय ४७ व्यक्ति संक्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५५ लाख भन्दा बढीले कोभिडलाई जितेका छन् ।
सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा कोभिडबाट २ लाख ३७ हजार १ सय १३ जनको मृत्यु भएको छ । अमोरिकामा ९८ लाख ६० हजार ९ सय ५८ व्यक्ति संक्रमित बनेका छन् ।
अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार २ सय ६९ व्यक्तिको कोभिडबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ५३ हजार ५ सय ६१ कोरोना संक्रमित छन् । भारतमा १ लाख २६ हजार १ सय २१ जनाको संक्रमणबाट मृत्यु भएको छ । यहाँ ८५ लाख ७ हजार ७५४ संक्रमित भएका छन् ।
मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ८ सय ८ जनाको मृत्यु भएको छ भने ९ लाख ६१ हजार १३८ जना संक्रमित भएका छन् । बेलायतमा ४८ हजार ९ सय ७८ जनाको मृत्यु भएको छ भने ११ लाख ७४ हजार ७ सय ७० जना संक्रमित भएका छन् ।
चीनमा ९१ हजार भन्दा बढी व्यक्ति संक्रमित भए भने ४ हजार ७ सय ४१ जनाको मृत्यु भएको थियो ।(रासस/एएफपी)

स्कटल्याण्डमा के गर्दैछन् डोनाल्ड ट्रम्प ?

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्व…

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा…

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

प्रतिक्रिया