सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

बजेट कार्यान्वयन हुनेमा शंका : ईश्तिहाक राई

फाइल फोटो

काठमाडौं - जनता समाजवादीका मोहम्मद ईश्तिहाकराईले बजेट कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटको स्रोत सुनिश्चित नभएको भन्दै कार्यान्वयनमा आशंका व्यक्त गरेका हुन् । 

साथै कुनै समूह र व्यक्तिलाई पोस्न गरी बजेट ल्याइएको हो कि भन्ने शंका लागेकाले यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने उनको माग छ ।