म्युजिक भिडियोमा आर्यनको व्यस्तता, रुविनालाई ‘मेरी सानी’ भन्दै आर्यन

काठमाडौँ - चलचित्र तथा म्युजिक भिडियो छायांकर सौरभ लामाले ‘मेरी सानी’ बोलको गीत निर्देशन गरेका छन् । डीपी खनाल र साडु खनालको शब्द रहेको गीतमा रविन लिम्बूको स्वर, शंकर थापा ‘स्माइल’को संगीत छ ।
सौरभले यो गीतको भिडियोमा नायक आर्यन सिग्देल र नायिका रुविना थापालाई फिचर्ड गरेका छन् । आफ्नी मायालुसँग टाढा भएको एक प्रेमीले आफ्नी प्रेमिकालाई संझिएर यो गीत गाएका हुन् । हिमाल श्रेष्ठको छायांकन, सुरेश पाण्डेको कोरियोग्राफी, सौरभ लामाको डीओपी र निर्देशन, अर्जुन जीसीको सम्पादन यो भिडियोमा छ ।
हातमा फिल्म शून्य रहेका आर्यनले आफूलाई म्युजिक भिडियोमा व्यस्त राखेका छन् । यसअघि रुबिनासँग मात्र आर्यनका चार पाँच वटा भिडियो सार्वजनिक भइसकेका छन् । तर आर्यन अभीनित कुनै पनि भिडियोले बिघ्न चर्चा भने पाउन सकेका छैनन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया