बजेट लक्ष्यहीन, गन्तव्यहीन र सेटिङ नै सेटिङको पुलिन्दा : नारदमुनि राना

काठमाडौं - एमालेका सांसद नारदमुनि रानाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट लक्ष्यहीन र सेटिङ नै सेटिङको पुलिन्दा रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट हावादारी, लक्ष्यहीन, गन्न्तव्यहीन र सेटिङ नै सेटिङको पोको रहेको बताएका हुन् ।
‘संविधानले समाजवाद उन्मुख, स्वतन्त्र र आत्मनिर्भर कुरा गरेको छ । तर, यो बजेटमा यस्ता कार्यक्रमलाई सम्बोधन गर्नेगरी कहीँ पनि उल्लेख भएको भेटिँदैन,’ उनले भने, ‘हामीले भन्नुपर्दा यो बजेट हावादारी, लक्ष्यहीन, गन्तव्यहीन र सेटिङ नै सेटिङको पोको हो । जुन पाना पल्ट्यायो, त्यही पान्नामा सेटिङको गन्ध भेटिन्छ ।’
बजेट चुनावमुखी, वितरणमुखी र गठबन्धनमुखी रहेको भन्दै उनले कार्यकर्ता पोस्ने गरी बजेट ल्याएको आरोप लगाए ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया