सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

संघीय संसदका दुवै सदनको बैठक शुक्रबार बस्ने

फाइल फोटो

काठमाडौँ - संघीय संसदका दुवै सदनको बैठक शुक्रबार बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । 

संसदमा जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमार्फत पेस गरेको बजेटमाथिको सैद्धान्तिक छलफल चलिरहेको छ । शुक्रबार नि छलफलले नै निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ । 

यसैगरी राष्ट्रिय सभाको बैठक पनि शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।