बजेट चुनावी प्रचारात्मक घोषणापत्र जस्तो छ – सांसद रावल
काठमाडौं–एमाले सांसद डा. भिम रावलले सरकारले ल्याएको बजेट चुनावका लागि गरिएको प्रचारात्मक घोषणापत्र जस्तो भएको बताएका छन् । ‘बजेट सामान्य अवस्थामा चुनावी लाभका लागि गरिने सतही र प्रचारात्मक घोषणापत्र जस्तो छ,’ उनले भने, ‘यसमा हटाउनु पर्ने र संसोधन गर्नु पर्ने धेरै कुराहरू छन् ।’
सांसद रावलले बजेटले संविधानको धारा ५० मा उल्लेखित राष्ट्रिय एकता र सुरक्षा, राजनीतिक शासन व्यवस्था, सामाजिक र सांस्कृतिक रुपमान्तरण, अर्थ,उद्योग वाणिज्य, कृषि र भूमिसुधार, विकास र प्रकृतिक साधान र स्रोतको संरक्षणलगायतका प्रावधान विपरीतको दिशा समातेको बताए ।
बजेट अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति विपरीत समेत भएको उनले आरोप लगाए । बजेट धारा ५२ मा उल्लेखित राज्यको दायित्व सम्बन्धी प्रावधान विपरीत रहेको उनको भनाइ छ । सरकारले ल्याएको बजेटले देशको आर्थिक दुरावस्था प्रति संवेदनशील नभइ राज्यकोष फजुल काममा वितरण गर्ने दिशा लिने देखिएको उनले बताए ।

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया