कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौँ : नेपाल

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्याउन चाहेको बताएका छन् । बुधबार काठमाडौंको बुद्धनगरमा आफू निकट युवा संघ नेपालको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउने अभियानमा आफू लागेको बताएका हुन् ।
उनले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने, धराशयी हुन नदिने र विसर्जनको ठाउँमा पुर्याउन नदिने संकल्प समेत गरेको बताए । त्यसका लागि देशैभरका कम्युनिष्ट आन्दोलन र नेकपा एमालेका योद्धाहरु पार्टीको एकता, कम्युनिष्ट आन्दोलनको रक्षा र सबै खालका विकृति विसंगतिबाट मुक्त गरी क्रान्तिकारी रुवरुप दिने पक्षमा आफू रहेको पनि स्पष्ट पारे ।
उनले भने, ‘हामी कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा नयाँ शिराबाट उठाउन चाहन्छौं । आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्याउन चाहिरहेका छौँ र हाम्रो सङ्कल्प छ, कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौं । कम्युनिष्ट आन्दोलनलाई धराशयी हुन दिने छैनौँ, कम्युनिष्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पुर्याउन दिने छैनौँ । यो हाम्रो संकल्प हो ।’
आफूहरुको विचार माक्र्सवाद र लेलिनवादबाट निर्देशित भएको र त्यही विचारको मार्गदर्शनमा अगाडि बढ्दै बहुदलीय जनवादको मूल्य र मान्यतालाई जगेर्ना गर्न चाहेको बताए । आफूहरु सामाजिक न्याय सहितको आर्थिक रुपान्तरणको पक्षमा रहेको उनले बताए । विचार, सङ्गठन, गतिशिलता, तार्किकता र व्यवहारमा उत्कृष्ट बन्न सके मात्रै समाज परिवर्तन गर्न सकिने नेता नेपालको भनाइ छ ।

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

मेरो मुल्य मान्यता र निष्ठा बिचलित भएको छैन्ः भण्डारी

प्रतिक्रिया