महासचिव पोखरेल भन्छन्- एमाले सरकार परिवर्तनको खेलमा छैन
काठमाडौँ- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् ।
सत्ता गठबन्धन भत्काउन एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘प्रधानमन्त्रीको कार्ड’ फ्याँकेको विवरण सार्वजनिक भइरहँदा पोखरेलले यतिबेला एमाले सरकार परिवर्तनको खेलमा नरहेको बताएका हुन् ।
उनले एमाले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटिरहेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन । विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटदैछ ।’
उनले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले तालाबन्दी गरेको विषयमा पनि उल्लेख गरेका छन् । ‘असान्दर्भिक माग राखेर सत्तापक्षका विद्यार्थी संगठनले विश्वविद्यालयमा तालाबन्दी गरेको लामो समय भयो । सरकार थाह नपाएझैँ चिरनिद्रामा छ । झकझक्याउ,’ उनले लेखेका छन् ।
नेविसंघले ७ माघदेखि लगाएको ताला बुधबार नेकपा (क्रान्तिकारी) ले फुटाएको थियो । तर, नेविसंघले बिहीबार फेरि तालाबन्दी गरेको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया