शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

‘लण्डन टु पेरिस’ मा साम्राज्ञीको जोडी निश्चल

एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’ मा नयाँ निश्चल खड्काले अभिनेत्री साम्राज्ञीराज्इ लक्ष्मीशाहसँग जोडी बाँध्ने भएका छन् । किस्ताबन्दीमा कलाकार सार्वजनिक गर्दै आएको निर्माण टिमले शुक्रबार निश्चल खड्का फिल्ममा अनुबन्ध भएको जानकारी गराएको हो ।

अस्ट्रेलियामा आफ्नो पढाइ सकेर नेपाली सिनेमा गर्न भनी नेपाल आएका निश्चल खड्काले केही बिज्ञापनमा मोडलिङ समेत गरेका छन भने अस्ट्रेलियामा बस्दा पनि केही मोड्लिङ इभेन्टमा भाग लिएका थिए । यस फिल्ममा उनले साम्राज्ञी राज्यलक्ष्मी शाहका साथमा गरिमा शर्मासँग अन स्कृन रोमान्स गर्ने भएका छन् ।

यात्रामय आधुनिक प्रेमकथामा निर्माण हुने सिनेमामा यसअघि नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा र कबिर खड्का फाइनल भैसकेका छन । निर्देशक घनश्याम लामिछानेका अनुसार अरु बाँकी कलाकारहरु लन्डनबाटै लिइने जानकारी गराएका छन् ।

घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमाका कलाकारलाई केही दिन यता नाट्यकर्मी सरिता गिरिले वर्कसप गराइरहेकी छन । निर्देशक लामिछानेले यसअघि ‘धौली“ र “पञ्चेबाजा’ अग्निदहनको निर्देशन गरिसकेका छन् । सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमा असारको दोस्रो साताबाट फ्लोरमा जाने छ । अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह–निर्माता अजित सिंह हुन् ।

एबी इन्टरनेशनलले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ  भने यही टिमले अहिले बेलायतका विभिन्न सहरमा ‘हनी बनी’को छायांकन ५०% सकिसकेको छ ।