सरकारको नीति आगो लागेपछि कुवा खन्ने जस्ताे छ– गोकुल बास्कोटा
काठमाडौं–नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारको नीति 'आगो लागेपछि कुवा खन्ने' जस्तो भएको बताएका छन् । उनले संसद्मा जारी मूल्यवृद्धि सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावको छलफलमा बोल्दै यस्तो बताएका हुन् ।
‘कर्णालीमा तेल उत्खननको कुरा ग्याँस उत्खननको कुरा कहाँ पुग्यो ?,’ उनले सरकारलाई प्रश्न गर्दै भने, ‘ सरकारको नीति कार्यक्रमा देखिएन । आगो लागेपछि कुवा खन्ने यो सरकारको नीति हो । त्यसकारणले झन् झन् मूल्य वृद्धि संकटमा बढ्दै जान्छ ।’
सरकारले पेट्रोलिय पदार्थको संकट आउँछ भनेर पहिल्यै थाहा पाएर पनि समाधानको कुनै उपाय ननिकालेको उनको भनाइ छ । सरकार रमिते मात्रै भएको उनले आरोप लगाए ।
‘सरकारलाई थाहा थिएन युक्रेन र रुसको यत्रो युद्ध भएको भर्खर थाहा पायो ? सरकारले यो थाहा पाएन कि अमेरिकाले समेत ४५ अर्ब डलरको तेल रुससँगै किन्यो भन्ने थाहा पाएन ? मूल्य वृद्धि बढ्छ यसको चेन असर पर्छ भन्ने थाहा पाएन । समाधानको उपाय किन अपनाइएन ?,’ उनले प्रश्न गरे ।

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

प्रतिक्रिया