क्रिकेट चल्दै गर्दा २३ औँ ओभरमा २३ मिनेटको मौनधारण, तर किन?

काठमाडौँ – घरेलु टोली इंग्ल्यान्ड र न्यूजिल्यान्ड टेस्ट किक्रेट टिमका सदस्यहरुले अष्ट्रेलियन महान क्रिकेटर शेन वार्नको सम्झनामा अनोठौ तरिका अपनाए । गत मार्च ४ तारिखमा ५२ वर्षीय वार्नकाे थाइल्याण्डमा निधन भएको थियो ।
लर्डस मैदानमा इंग्ल्यान्ड र न्यूजिल्यान्डबीच जारी टेस्ट क्रिकेटको पहिलो दिन २३ औँ ओभरमा दुबै टिमका खेलाडीले २३ मिनेट मौन धारण गरे । त्यतिमात्र नभएर मैदानमा उपस्थित हजारौ दर्शकहरुले समेत वार्नको सम्झनामा ताली बजाए ।
लर्डसको ठूलो स्क्रिनमा वार्नको सम्झनास्वरुप ‘शेन वार्न १९६९-२०२२’ लेखिएको थियो ।
खासमा टेस्ट क्रिकेटमा श्रीलंकन बलर मुथिया मुरलिथरनपछि सर्वाधिक विकेट लिने खेलाडी वार्नले २३ नम्बरको जर्सी लगाउने गरेका थिए । उनले लगाउने गरेकाे जर्सी नम्बरकाे सम्मान गर्दै खेलकाे २३ औ ओभरमा २३ मिनेट माैनधारण गरिएकाे हाे ।
मुरलिथरनले ८ सय विकेट लिदाँ वार्नले ७ सय ८ विकेट लिएका छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया