शून्य सरोकार : प्रधानमन्त्रीको डरदेखि 'डम्पिङ साइट' अवरोधसम्म

काठमाडौँ : प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरूले विविध विषय उठाएका छन् । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओली संसदको बैठकमा किन अनुपस्थित भएको भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्री ओलीले केही दिन अगाडि आफूमाथि गम्भिर सुरक्षा खतरा रहेको र कुनैपनि बखत आफूमाथि भौतिक आक्रमण हुन सक्ने आसयको अभिव्यक्ति दिएको प्रति आपत्ति जनाउँदै संसदमा अनुपस्थित हुनुको कारण सुरक्षा खतरा अथवा नैतिक खतरा के हो स्पष्ट पार्न माग गरेका हुन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसद बडुले प्रधानमन्त्रीको सुरक्षा खतरा बढ्नुको यथार्थ के हो र गृह मन्त्रालयले के कस्तो व्यवस्था गरेको छ संसदमा जानकारी गराउन माग गरे । उनले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले आफ्नै देशको सुरक्षा व्यवस्था र सुरक्षा क्षमता माथि प्रश्न उठने गरि गैह्रजिम्मेवार, असत्य र बनावटी अभिव्यक्ति दिनु गलत भएको भन्दै सरकारको जवाफ माग गरेका छन् ।
नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले भारत सहित संसारभर फेरी कोरोना फैलिरहेको र त्यो अनुसार नेपालमा पनि संक्रमण बढ्ने देखिएको बताउनुभयो । त्यस अनुसार सरकारको तयारी नपुगेको बताए । सरकारले खोप उपलब्ध गराउने, पीसीआर परीक्षण, उपचार व्यवस्था, जमघट सभा घटाउन, क्वारेन्टाइन र आइसोलेसनको अवस्था र जनचेतना फैलाउन सरकारले के कस्तो काम गरेको छ त्यस सम्बन्धमा जानकारी माग गरेका छन् । उनले कोभिड संक्रमण रोकथामका लागि सर्वदलीय बैठकको समेत माग गरेका हुन् ।
कांग्रेस सांसद बालकृष्ण खाँडले यही चैत्र १५ गते आइतबार बाग्लुङ जिल्लाको प्युठान जिल्लासँग रहेको सिमानमा अवस्थित बडिगाउँ गाउँपालिकामा हिंसात्मक घटना घटेको र उक्त आक्रमण पछि नेपाली कांग्रेसका बागलुङ जिल्ला सदस्य प्रकाश कुँवर र स्थानीय नेता दीपक परियारको हत्या भएको र दर्जनौं मान्छेहरु घाइते भएकोप्रति अविलम्ब छानविन गरी अपराधिलाई कारबाही गर्न माग गरेका छन् ।
कांग्रेस सांसद डिला संग्रौंलाले विश्वव्यापी कोरोना महामारिका कारण लाखौं नेपाली श्रमिकले विदेशमा रोजगारी गुमाएको उल्लेख गर्दै दशौं हजार नेपाली स्वदेश फर्किसकेको र उनीहरुको पुनस्थापनाका लागि सरकारले कुनै पहल नगरेको बताइन् । त्यस्तै कोरियामा काम गर्न जान भाषा परीक्षा उत्तिर्ण भएर बसेका श्रमिकहरू कोरिया जान नपाएर अन्योलमा परेको बताइन् । उनले नेपाल सरकारलाई कोरिया सरकारसँग वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरिन् ।
कांगे्रस सांसद देवेन्द्रराज कँडेलले सरकारले भ्रट्राचारीको संरक्षणमा सुरक्षाकर्मी खटाएको बताए । भ्रट्राचारको प्रकरणमा राजीनामा समेत दिएका पूर्व सञ्चार मन्त्रीलाई गृहमन्त्रालयले सम्मान स्वरुप ‘बाईवान गेट टु’ उपहार स्वरुप दुई जना सेट सहित सुरक्षाकर्मी दिएको भन्दै आपत्ति जनाए । यसबाट भ्रष्ट्राचारीलाई सुरक्षा दिने नीति सरकारले लिएको स्पष्ट हुनेसमेत उनको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टी (मओवादी केन्द्र)की सांसद पूर्णकुमारी सुवेदीले विस्तृत शान्ति सम्झौताका कामहरू पुरा हुन किन ढिलाई भइरहेको छ भन्दै सरकारको ध्यानाकर्षण गराइन् । यस्तै सत्यनिरुपण तथा मेलमिलाप आयोगका कामहरुको बारेमा जानकारी माग गरिन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अहिले सम्मको कार्यप्रगतिको बारेमा समेत जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
माओवादी केन्द्रका सांसद टेकबहादुर बस्नेतले प्रतिनिधि सभा पुनस्थापना भएपछि सरकारको उदासनिताका कारण प्रतिनिधि सभा शुन्य समयमा समिति भएको बताए । यस्तै सरकारले ‘जिल्ला लोकतन्त्रका योद्धा अभिलेखिकण २०७७’ भन्ने गोप्य समिति बनाएको पाइएको र यो भनेको के हो र किन बनाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद दलबहादुर रानाले नेपाल सरकारले छिटो छरितो माध्यमबाट पुल निर्माण कार्य सम्पन्न गरी जनतालाई सेवा सुविधा दिन ध्यानाकर्षण गराए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत निर्माण भइरहेका १७ सय ९३ वटा पुलहरु मध्ये पुलको निश्चित लम्बाई भन्दा माथिका, केन्द्रीय सडक योजना भित्र परेका र निर्माण कार्य शुरु भइसकेका बाहेक सबै पुलहरु स्थानीय पूर्वाधार विकास विभागलाई हस्तान्तरण गर्न माग गरेका हुन् ।
नेकपा एमालेका सांसद नवराज शिलवालले जेनेभा स्थित इन्टर पार्लामेन्ट युनियनले नेपालका अधिकांश सांसदहरु सार्वजनिक यातायातमा संसद् पुग्नेगरेको र कुनै कार्यालय राख्न नसकेको तरपनि राम्रो काम गरेको उल्लेख गरी रिपोर्ट सार्वजनिक गरेको बताएका छन् । उनले यस्तो समस्या समाधान गर्न संसदका लागि बजेट बढाउन माग गरेका हुन् ।
नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले नुवाकोटको ककनी, बेलकोटगढी र धादिङको धुनिवेसीका स्थानीयले सिसडोल डम्पिङ साइडमा फोहोर फाल्न रोकेको प्रति आफ्नो एकवद्धता रहेको बताए । उनले स्थानीयका माग पुरा गरी फोहोर व्यवस्थापन गर्ने कार्य अगाडि बढाउन सरकारसँग माग गरेका छन् । नेकपा एमालेकी सांसद पार्वती कुमारी बिशुन्केले दैलेख जिल्लाकी आठबीस नगरपालिका वडा नं. ३ की ३५ वर्षिय गर्भवती सुकु बडुवालले ४ छोराछोरी सहित घरेलु हिंसाबाट प्रताडित भई यही फागुन २३ गते अन्तर्राष्ट्रिय महिला दिवसको दिन कर्णाली नदिमा सामुहिक आत्महत्या गरेको बताइन् ।

देशमा बहुआयामिक र चौतर्फी रूपमा विकास गर्दैछौँ : प्रधानमन्त्री ओली

प्राकृतिक प्रकोपपछिको उद्दार र राहतका लागि तयारी रहन कार्यकर्तालाई प्रचण्डको आग्…

इरान-इजरायल युद्ध : नेपाल फर्कन चाहनेलाई सरकारले उद्दार गर्ने

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

भिजिट भिसा प्रकरणमा माओवादीसँग सहमति भइसक्यो, अरू दलसँग सहमति गर्न आवश्यक छै…

कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्ताव

प्रतिक्रिया