सिन्धुपाल्चाेकका तीन सम्पदा पुनर्निर्माण गर्न भारतकाे २३ करोड

काठमाडाैँ : सिन्धुपाल्चोकका तीनवटा सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्न भारत सरकारले २३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएकाे छ । पुनर्निर्माणका लागि मंगलबार भारतीय दुतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा ठेकेदारहरुबीच तीनवटा ठेक्का सम्झौतामा हस्ताक्षर भएकाे छ । सो सम्झौता अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा रहेकाे चिरी घ्याङ्ग गुम्बा, तार्के घ्याङ्ग गुम्बा र मेलाम्ची घ्याङ्ग गुम्बाको निर्माण हुन लागेको हो ।
पूर्वअर्थराज्यमन्त्री डा. लार्केल लामा, प्रदेश सभाका सदस्य निमा लामा, भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका दोस्रो सचिव, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सांस्कृतिक परियोजनाका परियोजना निर्देशक, सम्बन्धित गुम्बाका अध्यक्ष, भारत सरकारको परियोजना परामर्शदाता तथा सरोकारवालाहरूको उपस्थितिमा हस्ताक्षर भएको थियो ।
भूकम्पले क्षति पुर्याएका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण र पुनस्थापना गर्नका लागि भारत सरकार र नेपाल सरकारबीच सहमति कायम भएको थियो । यी तीन परियोजनाहरू पनि सोही २८ वटा सांस्कृतिक सम्पदा अन्तर्गत पर्दछन् । नेपालका आठ जिल्लामा भूकम्पले क्षति पुर्याएका सांस्कृतिक सम्पदा परियोजनाको संरक्षण, पुनस्थापना र पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबध्दता जनाइसकेको छ । सोही प्रतिबद्धता अनुरुप यी परियोजनाहरूलाई अघि बढाइएको हो ।
सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने शेर्पा र तामाङ्ग समुदाय विशेष गरी ह्योल्मो जातिका लागि यी तीनै गुम्बाले सिकाई केन्द्रको रुपमा काम गर्नुका साथै सिन्धुपाल्चोक क्षेत्रको पर्यटनलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

एलिना चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

प्रतिक्रिया