संसदीय दलको विधान परिवर्तन गर्न तीन सदस्यीय समिति

हेटौंडाः एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले विधान शंसोधन गर्न केशवराज पाण्डेको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा नारायण शिलवाल र उर्मिला कर्मचार्य छन् ।
बुधबार ललिपुरको च्यासलमा बसेको दलको बैठकमा चैत्र २७ गते प्रदेश सभा बैठक बस्ने सहमति बनेको एमाले संसदीय दलका सचेतक केशवराज पाण्डेले बताए । प्रदेश सभा सभामुख सानुकुमार श्रेष्ठसँग छलफल गरेर सदन नियमित सुचारु गरिने उनले जानकारी दिए ।
बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा एमाले नेतृ अष्टलक्ष्मी शाक्यलगायत प्रदेश सांसदहरूको उपस्थिति थियो ।

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

प्रतिक्रिया