शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

सुकुम्बासी बस्तीमा करेन्ट लाग्दा पुरुषको मृत्यु

फाइल फोटो

भक्तपुर - मध्यपुरथिमि नगरपालिका–१ मनहरा स्थित सुकुम्बासी बस्तीमा आज करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । 

आफ्नो बनाउँदै गरेको घरको ढलानको तार मिलाउने क्रममा करेन्ट लागेर सुकुम्बासी बस्तीमा बस्ने ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । 

प्रहरीले शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज पठाएर अनुसन्धान सुरु गरेको जानकारी उनले दिए । रासस