विश्व साइकल दिवसका दिन भारतीय महावाणिज्य दूतावासले गर्यो साइकल र्याली

जनकपुरधाम - विश्व साइकल दिवसको अवसरमा वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासले साइकल र्याली गरेको छ ।
विश्व साइकल दिवसमा भारतले प्रत्येक वर्ष मनाउँदै आएको ``आजादीको अमृत महोत्सव`` को अवसरमा शनिबार महावाणिज्य दूतावासले साइकल र्यालीको आयोजना गरेको हो ।
दूतावासद्वारा दुई समूहमा साइकल र्याली आयोजना गरिएको हो । पहिलो समुहमा महावाणिज्यदूत र दोश्रो समूहमा स्थानीय प्रशासनका अधिकारीहरूको सहभागिता रहेको थियो ।
नित्यसाइकल चालक समूहहरुको सहभागितामा आयोजना गरिएको पहिलो समूहको साइकल र्यालीमा महावाणिज्यदूत नितेश कुमार, स्थानीय जनप्रतिनिधि, वीरगञ्ज साइकल यात्री संघका सदस्यसहित २५ जना साइकल यात्रीको सहभागिता रहेको थियो ।
भारतीय महावाणिज्य दुतावास परिसरबाट सुरु भएको सो र्याली बाराको गढीमाई मन्दिर पुगेर फिर्ता भएको थियो । उनीहरूले ४० किलोमिटरको दुरी यात्रा गरेका थिए ।
महावाणिज्यदुतद्वारा झण्डा देखाएर शुभारम्भ गरिएको दोश्रो समूहको साइकल र्यालीमा स्थानीय प्रशासनका पदाधिकारी, पत्रकार, नागरिक समाजका सदस्य तथा वाणिज्य दूतावासका पदाधिकारी एवम कर्मचारीहरुको सहभागिता रहेको थियो ।
उक्त र्याली महावाणिज्य दूतावासबाट सुरु भइ, पावर हाउस चोक, आइसिपिगेट, घण्टाघर, माइस्थान, आदर्शनगर, अलाखियामठ, पुरानो बसपार्क र घरिअर्वा पोखरी हुँदै फेरी वाणिज्य दूतावास पुगी सम्पन्न भएको थियो ।
वाणिज्य दूतावासद्वारा ६ महिनाको अवधिमा यो दोश्रो साइकल र्याली आयोजना गरिएको हो ।
र्यालीपश्चात् संचारकर्मीसंग कुरा गर्दै महावाणिज्यदुत नितेशले भने शारीरिक तन्दुरुस्ती र सन्तुलनको सन्देश फैलाउन र साइकल चलाउनु वातावरणमैत्री मात्र नभई उत्कृष्ट व्यायाम र सस्तो यातायात पनि रहेको भन्ने सन्देश दिन साइकल र्याली आयोजना गरिएको हो ।
उनले थप्दै भने यो र्यालीले भारत र नेपालका जनताबीचको द्विपक्षीय सम्बन्धलाई पनि थप मजबुत बनाउने हाम्रो सोचाई हो ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया