मन्त्री हेरफेर नियमित प्रक्रिया हो : माधव नेपाल

काठमाडौं - नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि अध्यक्ष नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका हुन् ।
पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रीहरूलाई पहिला नै ६ महिनाको लागि भनेको बताएका हुन् ।
‘यो नियमित प्रक्रिया हो। पहिले पनि हामीले ६ महिना भनेका थियौं । सुरूदेखि नै ६ महिनाका लागि भनिएको हो। यो रेगुलर प्रोसेस हो,’ अध्यक्ष नेपालले भने ।
एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ।
नयाँ नामअनुसार स्वास्थ्य मन्त्रीमा भवानी खापुङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवरको नाम सिफारिस गरेको छ । त्यस्तै हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको लागि सिफारिस गरेको छ ।
एकीकृत समाजवादीबाट सरकारमा रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको छ । स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ भने स्वास्थ्यमन्त्रीमा बढुवा भएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया