लोसपाको लाइनः जसले माग सम्बोधन गर्छ उसैसँग चुनावी गठबन्धन
काठमाडौँ – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले आफ्नो पार्टीको मागहरू सम्बोधन गर्न प्रतिवद्ध पक्षसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने बताएको छ । आइतबार सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले माग सम्बोधन गर्न प्रतिवद्ध राजनीतिक दलहरूसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निष्कर्ष निकालेको हो ।
निर्वाचनको मिति घोषणा भएपछि आफ्ना पार्टीको माग र विचारसँग सहमत पक्षसँग चुनावी गठबन्धन गरेर अघि बढने सैद्धान्तिक सहमति बैठकमा जुटेको नेता केशव झाले जानकारी दिए । त्यसैगरी बैठकले संघ र प्रदेशको चुनावलाई लक्षित गरेर पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाउने निर्णय पनि गरेको छ । ‘चुनाव घोषणा भएपछि जोसँग हाम्रो विचार मिल्छ, जसले हाम्रो माग सम्बोधन गर्न प्रतिवद्धता जनाउँछ, ती पक्षहरूसँग हाम्रो सहकार्य हुन्छ,’ उनले भने, ‘अरु पार्टीको संगठन चुस्तदुरुस्त बनाएर निर्वाचनको तयारीमा जुटने निर्णय पनि गरिएको छ ।’
शनिबार (हिजो) प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुरसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा पनि अध्यक्ष ठाकुरले आफ्नो पार्टीको माग सम्बोधन गर्न प्रधानमन्त्री देउवालाई दवाब दिएको नेता झाले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया