कोभिड-१९ ले थला परेका जलविद्युत् आयोजनाको अनिवार्य उत्पादन मिति एक वर्ष म्याद थप हुने

काठमाडौं : कोभिड १९ ले थला परेको निर्माणाधीन जलविद्युत् आयोजनाको अनिवार्य उत्पादन अवधि (आरसीओडी) थप हुने भएको छ । सबै खालका आयोजनाको यस्तो अवधि एक वर्षसम्म थप गर्ने विद्युत् प्राधिकरण सञ्चालक समितिमा प्रस्ताव पुगेको छ ।
प्राधिकरण स्रोतका अनुसार हिजो मंगलबार बस्ने भनिएको सञ्चालक समितिको बैठक अचानक रद्द भएपछि यसको निर्णय हुन सकेन । अब बस्ने बोर्ड बैठकले यो प्रस्ताव पारित गर्ने प्राधिकरण स्रोतले बतायो ।
कोभिड-१९ ले जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति नवीकरण, उत्पादन अनुमति नवीकरण, वित्तीय व्यवस्थापन, वातावरणीय प्रभाव मूल्यांकन, प्रारम्भिक वातावरणीय अध्ययन, पूरक अध्ययन लगायतका कार्य नदिएपछि विद्युत् विकास विभागले प्रवर्द्धकहरुको गुनासो सम्बोधन गर्न मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।
विभागको प्रस्तावका साथै मन्त्रालयले पनि सहसचिव मधुप्रसाद भेटुवालको संयोजकत्वमा जलविद्युत् प्रवर्द्धकलाई परेका पीर, मर्का सम्बोधन गर्न एउटा समिति गठन गरेको थियो । उक्त प्रतिवेदनले मन्त्रालय, विभाग र विद्युत् प्राधिकरणले दिनुपर्ने सहुलियत, छूट, र सुविधाबारे उल्लेख गरेको थियो । त्यहीमध्येको अनिवार्य उत्पादन अवधि एक वर्ष थप गर्ने मन्त्रालयको सिफारिसबमोजिम प्राधिकरणले प्रस्ताव सञ्चालक समितिमा ल्याएको हो ।
मन्त्रालयको तथ्यांक अनुसार हाल एक सय ३९ वटा जलविद्युत् आयोजना (३२०० मेगावाटभन्दा बढी) निर्माणाधीन छन् । वित्तीय व्यवस्थापन नभएका समेत ९९ वटा आयोजना (करिब २ हजार मेगावाट) विभिन्न चरणमा छन् । जलविद्युत् प्रवर्द्धकहरुले काबुबाहिरको परिस्थिति (फोर्स मेजर) देखाउँदै आरसीओडी थप गर्न प्राधिकरणमा निवेदन दिएका थिए ।

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो 'इबिएल भर्चुअल क्रेडिट का…

नेपाल-बंगलादेश व्यापार : आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

कजारियाको नयाँ शोरूम भैंसेपाटी, ललितपुरमा उद्घाटन

वीरगञ्ज नाका : पाँच खर्ब ६ अर्ब आयात र ७९ अर्ब निर्यात

प्रतिक्रिया