विष्णु रिजाल भन्छन् - कांग्रेसको सती जान प्रतिस्पर्धा गरिरहेकाहरूसँग वाम एकताको चर्चा गर्नु निरर्थक

काठमाडौँ - नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कांग्रेसको सती जान प्रतिस्पर्धा गरिरहेकाहरूसँग वाम एकताको चर्चा गर्नु वस्तुतः नेपालको कम्युनिस्ट आन्दोलनलाई थप कमजोर बनाउनु मात्र भएको बताएका छन् । एमाले सैद्धान्तिक रूपमा कहिल्यै पनि वाम एकताका विपक्षमा नरहेको बताउँदै यतिबेला बुर्जुवा र दक्षिणपन्थी नेपाली कांग्रेस र यसका सभापतिलाई आफ्नो नेता मानेर हिंडिरहेका र उसको जितमा खुशियाली मनाइरहेकाहरूसँग वाम एकताको चर्चा गर्नु एमालेका कार्यकर्ता पंक्तिको मनोबल गिराउनु मात्र भएको उनले बताएका छन् ।
प्रतिक्रियावादीका चौतर्फी हमला, घेराबन्दी र षडयन्त्रहरूका बाबजुद एमालेलाई ३८ लाख मतसहित सर्वाधिक लोकप्रिय र पहिलो पार्टीका रूपमा स्थापित गर्ने काम अध्यक्ष कमरेड केपी शर्मा ओलीको दृढ नेतृत्वमा सम्भव भएको उनको भनाइ छ ।
एमालेलाई कमजोर बनाउने खेलमा लागिरहेको पृष्ठभूमिमा कुनै पनि हिसाबमा पार्टी नेतृत्वलाई कमजोर बनाउने कुरा नेकपा (एमाले) का कुनै पनि इमानदार नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई सह्य नहुने बताएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया