भीम रावल भन्छन् : कमजोरीको गम्भीर समीक्षा गरौँ, उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ

काठमाडौँ - नेकपा एमालेका नेता डा. भीम रावलले कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्ने बताएका छन् । यसो नगरी उल्टो बाटो हिड्दा झन पराजय हुनसक्ने उनको भनाइ छ ।
रावलले प्रसंग उल्लेख नगरे पनि पछिल्लो समय पार्टीभित्र देखिएको विवाद लक्षित देखिन्छ । उनले घनश्याम भुसालको पक्ष लिएका छन् । भुसाललाई कारबाही गर्नुको सट्टा कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्ने उनको भनाइ छ
'देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो,' सोमबार बिहान उनले ट्वीटरमा लेखेका छन्, 'यसका लागि आगामी चुनाउ जित्नु पर्छ। कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ। यसो नगरी उल्टो बाटो हिड्दा झन पराजय हुनसक्छ।'
एमालेमा अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै नेता घनश्याम भुसालमाथि कारबाहीको तयारी छ । पार्टी अनुशासन आयोगले नेता घनश्याम भुसाललाई कारबाही सिफारिस गरेको छ ।
बुधबार बसेको अनुशासन आयोगको सचिवालय बैठकले भुसालले अध्यक्ष ओलीविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि पार्टी केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको थियो ।
भुसालले अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय व्यहोको बताउँदै आएका छन् ।
देश,जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो।यसका लागि आगामी चुनाउ जित्नु पर्छ।कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ।यसो नगरी उल्टो बाटो हिड्दा झन पराजय हुनसक्छ।
— Bhim Rawal, PhD (@BhimRawal179) June 6, 2022

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया