सलमानका बाबु-छोरालाई चिठ्ठी पठाएर हत्याको धम्की

मुम्बई - बलिउड अभिनेता सलमान खान र उनका पिता सलिम खानलाई एक अज्ञात व्यक्तिले पत्र लेख्दै मार्ने धम्की दिएका छन् । यो मामलालाई गम्भीर रुपमा लिँदै मुम्बई प्रहरीले बान्द्रा पुलिस स्टेसनमा उजुरी दर्ता गराएर अनुसन्धान सुरु गरेको छ । समाचारअनुसार यो धम्कीपूर्ण पत्र सलिमलाई प्राप्त भएको थियो ।
यसपछि सलिमले मुम्बईको बान्द्रा प्रहरी चौकीमा उजुरी दिएका थिए । मुम्बई प्रहरीले तुरुन्तै अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गराएर अनुसन्धान सुरु गरेको हो । तर पत्रमा ज्यान मार्ने बाहेक अन्य के—के विषयमा धम्की दिइएको छ भन्ने कुरा केही खुल्न सकेको छैन ।
यसअघि नयाँदिल्लीको तिहाड जेलमा रहेका ग्याङस्टार लरेन्स बिश्नोईले सलमानलाई मार्ने धम्की दिएका थिए । लरेन्स त्यही व्यक्ति हुन्, जसमाथि पञ्जाबी गायक तथा र्यापर सिद्धु मुसेवालाको हत्या गरेको आरोप छ । सिद्धुको हत्यापछि प्रशासनले सलमानको सुरक्षाको संख्या पनि बढाएको थियो ।
सलमानमाथि राजस्थानका जोधपुरमा कालो हरिण शिकारको आरोप छ । कालो हरिणलाई बिश्नोई समाजले निकै पवित्र मान्छन् । त्यहीकारण लरेन्सले सलमानलाई मार्ने धम्की दिएको अनुमान गरिएको छ । यसअघि अगष्ट २०२० मा हरियाणा प्रहरीले राहुल साँगा नामका व्यक्तिलाई पक्राउ गरेको थियो ।
राहुल लरेन्स बिश्नोई ग्याङका सुटर थिए । प्रहरीको अनुसन्धान पछि ती व्यक्तिले आफू लरेन्सको भनाइ अनुसार सन् २०२० मा सलमानको घरको रेकी गर्न आएको खुलासा गरेका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया