‘आइसी डिजाइनर रनवे ’का लागि मोडलको खोजी

काठमाडौँ - ‘आइसी डिजाइनर रनवे ११’ ले फेसन सोमा सहभागी हुने मोडलका लागि आवेदन खुल्ला गरेको छ । विगतका वर्षझैँ यस वर्ष पनि आइसी कलेजले फेसन सो आयोजना गर्न लागेको हो । सोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ ।
नेक्स्ट मोडल्स नेपालले सोका लागि मोडलको आवेदन खुल्ला गरेको छ । कम्तिमा ५ फिट ६ इन्च उचाइ भएका महिला मोडलले आवेदन दिन सक्ने आयोजकले जनाएका छन् । छनौट आगामी ११ जुन अर्थात् जेठ २८ गते शनिबार हुनेछ ।
फेसन सोमा ६ पुरुष र २४ महिला गरेर ३० मोडलले आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गर्नेछन् । फेसन डिजाइनर आइसी कलेजका १९ औं ब्याजका पास आउट विद्यार्थी हुन् ।
धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको फेसन सो यो साल विगतका संस्करणको भन्दा ् उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।
‘आइसी डिजाइनर रनवे’ को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् । फेसन सोको लागि अन्तराष्ट्रिय कोरियोग्राफर अभिमन्यू सिंह तोमरसमेत नेपाल आउने आयोजकले जनाएको छ ।

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट

प्रतिक्रिया