अनमोलको अपोजिटमा डेब्यू गर्ने ताकमा नीति शाह

काठमाडौँ - पूर्व मिस इन्टरनेसनल नीति शाह केही वर्षअघिसम्म फिल्मको अफर लिएर जाने निर्माता÷निर्देशकलाई ‘फिल्ममा चाख’ नभएको भन्दै फर्काउँथिन् । तर यो साल भने नीति आफैँ फिल्म खेल्न तम्सिएकी छिन् । उनले फिल्म गर्नका लागि म्यानेजर राखेर यसको सुरुवात गरिसकेकी छिन् भने पटकथा लेखकको पनि खोजी जारी राखेकी छिन् ।
उनले केही दिनअघि सामाजिक सञ्जालमा लेखक चाहियो भन्दै पोस्ट पनि राखेकी थिइन् । यसले नीति आफैँ फिल्म निर्माण गरेर नेपाली फिल्ममा डेब्यू गर्न लागेको संकेत गर्छ । तर यसका लागि उनले हिरो को लेलिन् ? चासोको विषय छ । तर नीति निकट स्रोतका अनुसार पहिलो फिल्म गर्दा उनी चलेकै हिरोसँग काम गर्ने तयारीमा छिन् । यसका लागि उनको नजर अनमोल केसी र प्रदीप खड्कामा छ ।
नीति तुलनात्मक रुपमा अनमोलभन्दा प्रदीपसँग निकट छिन् । प्रदीपसँग उनले डिस होमको विज्ञापन गरेकी थिइन् भने केही दिनअघि उनले प्रदीपसँग प्रभु बैंकको फोटोसुट पनि गरेकी थिइन् । यता अनमोल र नीति भने मल्पी स्कुलका सहपाठी हुन् । स्टारडमको हिसाबले प्रदीपभन्दा अनमोल अघि रहेका कारण उनको प्राथमिकतामा भने अनमोल नै छन् । यो रुचि देखाउँछ उनको म्यानेजर छनोटले ।
नीतिले भर्खरै हायर गरेका म्यानेजर निराजन गिरी अनमोलको पनि काम हेर्छन् । योसँगै नीतिले अनमोलका पिता भुवन केसीलाई आफू फिल्म खेल्न तयार रहेको सन्देश पनि पुर्याइसकेकी छिन् । स्रोतका अनुसार उनले भुवन केसीलाई फोन गरेर नै आफू अनमोलसँग फिल्म खेल्न इच्छुक रहेको बताएकी थिइन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया