उत्पादन मितिभन्दा अगावै केक बजारमा

मकवानपुर - खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सप्ताहव्यापी रुपमा विश्व खाद्य स्वच्छता दिवस मनाइरहँदा उत्पादन मितिभन्दा अगावै उत्पादन बजारमा बिक्रीवितरण गरेको पाईएको छ ।
सिमित समयमा उपभोग गरिसक्नु पर्ने खाद्य पदार्थ उपभोक्तालाई झुक्याएर बजारमा कसरी बिक्री हुन्छ भन्ने यसले छर्लङ्ग पारेको छ ।
एकैपटक धेरै उत्पादन गरेर भण्डारण गर्ने र देखावटी रुपमा उपभोग्य मिति उल्लेख गर्ने गरेको तथ्य प्रस्ट देखिन्छ । मकवानपुरको थाहा नगरपालिका-२ को फ्रेन्डसीप बेकरी उद्योगले उत्पादन गरेको केक उत्पादन मितिभन्दा अघिल्लो दिनमै बजारमा भेटिएको हो ।
उत्पादन मिति ७ जुन २०२२ लेखिएको र उपभोग्य मिति उत्पादन मितिले ७ दिन लेखिएको केक अघिल्लो दिन अर्थात् ६ जुन २०२२ मै बजारमा बिक्रीवितरण गरिएको भेटिएको थाहा नगरका बिर्खे अन्जानले जानकारी दिए ।
यता हेटौंडामा बजारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आजै बेकरी उद्योगीहरूसंग खाद्य स्वच्छता कसरी कायम गने भन्नेबारे अन्तरक्रिया गरिरहेको बेला थाहा नगरमा यस्तो केक भेटिएको हो । उपभोक्ता हित विपरीत हुने गरि र प्रचलित ऐन नियमका विरुद्ध हुने यस्ता उत्पादनमा निगरानी राखिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख डाक्टर क्षितिज श्रेष्ठले बताए ।
भोलिपल्ट उत्पादन मिति रहेको खाद्य पदार्थ अघिल्लो दिनमै बजार देखिनुले यस्ता उत्पादनहरू कम्तीमा ३ दिन अघिबाट अघिल्ला मितिको लेबलमा तयारी अवस्थामा उद्योगमा भण्डारण हुन्छन् भन्ने अनुमान गर्न सकिने उपभोक्ता अधिकारीहरू बताउँछन् ।
`उत्पादन मिति गुज्रँदै जाँदा ढुसी लगायतको कारण पुरानो भनेर चिनिने केक जस्ता खाद्य पदार्थ त यसरी तयार गरिन्छ भने अन्य खाद्य पदार्थको उपभोग्य मितिमा के सत्यता होला ?` एक उपभोक्ताले शंका प्रकट गरिन ।

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

प्रतिक्रिया