विद्युत प्राधिकरण सुदूरपश्चिमले नौ वटा कम्पनीसँग ठेक्का रद्द गर्ने

काठमाडौँ- नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले नौ वटा कम्पनीसँग ठेक्का रद्द गर्ने भएको छ । ठेक्का सम्झौता गरेका निर्माणकर्ताले पटक-पटक लिखित तथा मौखिक जानकारी गराउँदा निर्माण कार्य नगरेको र सन्तोषजनक कार्य नभएको अत्तरियास्थित प्रादेशिक कार्यालयले जनाएको छ ।
कार्यालयले सम्झौता रद्द गर्न नपर्न कुनै मनासिव कारण भएमा सात दिनभित्र निर्माण व्यवसायी तथा आपूर्तिकर्ता स्वयम् उपस्थित भइ स्पष्टीकरण दिन आग्रह गरेको छ ।
रेनु निर्माण सेवा एण्ड रोयल कन्स्ट्रक्सन प्रा. लि, जे.भी, बाजुरा तथा बझाङ जिल्लामा ११/०.४-०.२३ केभी लाइन निर्माण तथा ट्रान्सफर्मर जडान कार्य, राजेन्द्र/उदयदेव,लक्ष्मीदुर्गा जेभी डडेल्धुरा तथ कैलाली जिल्लामा बैजनाथ, सिद्धनाथ तथा ओम विरभद्र ग्राविसको लाइन वितरण निर्माण कार्यको जिम्मा पाएका थिए ।
आरके इन्टरनेशनल काठमाडौँ, कञ्चनपुरको पुनर्वास र बैतडीको पाटन मेलौलीमा ३३/११ केभी ६/८ एमभीए सबस्टेशन निर्माण कार्य । दावा/मैनावती जेभी बानेश्वर डोटीको तिख्वात्तरमा ३३ केभी लाइन निर्माण कार्य । विभान्सु/ ईन्द्रधनु जेभी बानेश्वर कैलालीको सुखरखालमा ३३/११ केभी ३ एमभीए सबस्टेशन निर्माण कार्यको जिम्मा पाएका थिए ।
भाग्यलक्ष्मी कन्ट्रक्सन धनगढी ३ कैलाली, सताकृ खिम्ती कन्ट्रक्सन रामेछाप, सुनिता एण्ड कविता एएस जेभी भक्तपुर र उप्रती पोल एण्ड पायप इन्ड्रस्ट्रिज प्रालि बाँकेले निर्माण कार्यको जिम्मा पाएका थिए ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया