काठमाडौँबाट फोहोर बोकेर गएका गाडीलाई सिसडोलवासीले रोके

काठमाडौँ- सिसडोलवासीले काठमाडौँ उपत्यकाको फोहोर फाल्न पुनः रोकेका छन् । दश दिनदेखि काठमाडौं उपत्यकाका चोक चोकमा थुप्रिएको फोहोर मंगलबार उठाउन थालिएको थियो।
बिहान फोहोर बोकेर बन्चरेडाँडा पुगेका सवारीसाधनलाई स्थानीयले अवरोध गरेका हुन् । काठमाडौँ महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राईले स्थानीयले अवरोध सिर्जना गर्न खोजेपछि फोहोर बोकेर गएका गाडी रोकिएको बताइन् । उनका अनुसार स्थानीयसँग सहमतिको प्रयास भइरहेको छ ।
सोमबार मात्र शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिबीच काठमाडौंको फोहोर विसर्जन गर्ने सहमति भएको थियो ।
अलि अलि अवरोध आएकाले त्यहाँका समस्याबारे बुझ्न मेयरसाबले जनप्रतिनिधिसँग को अर्डिनेसन गरिरहेको उनले जानकारी दिइन् ।
स्थानीय जनप्रतिनिधिले फोहोरको बारेमा सहमति गरेपछि मिलाउने काम पनि उनीहरुकै रहेको राईको ठहर छ । 'उहाँहरुको माग के हो, अवरोध के हो त्यसबारे पालिकासँग समन्वय गर्नपर्ने छ,’ उनले भनिन्, ‘अवरोध भयो भन्ने सुनेको छु।'

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

प्रतिक्रिया