कृष्ण पहाडीको कविता संग्रह 'जलमा हलचल सूक्ष्म'को सार्वजनिक

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले समाजका संस्थापक सभापति कृष्ण पहाडीको कविता संग्रह 'जलमा हलचल सूक्ष्मको' प्रकाशित गरेको छ । संस्थापक सभापति पहाडीको परिकल्पनाअनुसार जगत्मुखी जीवनमुखी र सेवामुखी उद्देश्यले स्वयंसेवी तवरमा मानव अधिकार तथा शान्ति समाज क्रियाशील छ भने पहाडीका कविताहरु पनि जगत्मुखी जीवनमुखी सेवामुखी चेतले निर्दिष्ट छन् ।
संस्थापक सभापति पहाडीको यो ३० औँ पुस्तक हो । ६२ वटा कविता रहेको यस संग्रहमा समाविष्ट कुनै कविता ब्रम्हाण्डको बारेमा त कुनै अन्तरिक्ष कुनै तारा र ग्रहहरुको बारेमा छन् । कुनै कविता मृत्युकालिन अवस्थाको बारेमा छ, कुनैमा मृत्युपश्चातको कल्पनातित अनुभुति चित्रित छ । कहिँ अनन्तको बारेमा त कहिँ अन्त्यको बारेमा केन्द्रित कविता पनि छन् । अधिकांश कविता जीव, जगत र प्रकृतिको अन्तरसम्बन्धबारे छन् । कुनै कविताहरु विज्ञानका बारेमा छन्, कुनै गहिरो ज्ञानका बारेमा छन् । समग्रमा भन्नुपर्दा संस्थापक सभापति पहाडीद्वारा लिखित यो कविता संग्रह पृथक छ ।त्यसैले स्रष्टा पहाडीले यो कृतिलाई दोस्रो पारीको पहिलो पुस्तक बताएका छन् ।
शान्ति समाजका दुई जना सदस्य-शुभचिन्तकको सहयोगमा प्रकाशित यो पुस्तकको मुल्य रु. २०० रहेको छ भने पुस्तक विक्रिबाट हुने सम्पूर्ण आम्दानी मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय भवन खरिद निर्माणमा लगाइने छ ।

होम परिबागको विचारोत्तेजक पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक

पास कसरी हुने जब...

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_SVRyyl2ceW_0ajtyj5qjgevhmj0xyehjk2x25zbn6ynhi1kaeqjznotkbdoew8iopqauy7g.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

प्रतिक्रिया