यी ठाउँमा जुनसुकै बेला इन्टरनेट काटिनसक्ने

काठमाडौँ - देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरूको छाता सङ्गठनका इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिनसक्ने जनाएकोे हो ।
आइस्पानले एक विज्ञप्ति जारी गर्दै इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुवही, लहान र डोेटीमा जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने जनाएको हो ।
'इन्टरनेट प्वाइन्ट तथा डाटा सेन्टर जडान गरिएको स्थानमा प्राधिकरणले घरबेटीसमेतको विद्युत् लाइन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको छ, प्राधिकरणले विद्युत् कटौती गरेपछि ब्याकअप सिस्टमको प्रयोग गरिएको छ, ब्याकअप सिस्टमले धान्न छाडेपछि जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ', आइस्पानले जनाएको छ ।
प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीले पोलभाडाको बक्यौता रकम भुक्तानी नगरेको भन्दै केही स्थानमा विद्युत् कटौती गर्न थालेको छ । बक्यौता रकम भुक्तानीका लागि पटक÷पटक आग्रह गर्दासमेत भुक्तानी नभएपछि प्राधिकरणले विद्युत् कटौती गर्न थालेको हो ।

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

भारतले एक्सलाई भन्यो- ८ हजार खाता ब्लक गर्नू, नभए कारबाही भोग्नू

प्रतिक्रिया