काठमाडौंमा 'फ्लाईओभर र अन्डरपास'को योजना रोकेर फोहरको समस्या समाधान गरौँ : गगन थापा
काठमाडौं– नेपाली कांग्रेस महामन्त्री एवम् सांसद गगन थापाले काठमाडौंमा फ्लाई ओभर र अन्डरपास बनाउन छुट्याइएको बजेट रोकेर फोहरको समस्या समाधान गर्न लागउनुपर्ने बताएका छन् । संसद्मा मन्त्रालयकाे बजेट छलफलमा बाेल्दै उनले यस्ताे बताएका हुन् । बजेट फ्लाई ओभर र अन्डर पासभन्दा अहिले फोहर व्यवस्थापन गर्नुपर्ने पहिलो प्राथमिकता भएको उनको भनाइ छ ।
‘भौतिक पूर्वाधार मन्त्रालयको यस पटकको बजेटमा काठमाडौँमा फ्लाई ओभर र अन्डरपास बनाउने भनिएको छ,’ उनले भने, ‘फोहरको समस्या हल गर्न सहरी विकास मन्त्रालयको पैसाले पुग्दैन । बञ्चरेडाँडा डाँडा र सिसडोलमा हामीले गरेका बाचा र प्रतिज्ञा पुरा गर्न अर्बौ रुपैयाँ चाहिन्छ । यो पटक काठमाडौँमा फ्लाइओभर नबनाएपनि हुन्छ । अन्डरपास नबनाए पनि हुन्छ ।’
उनले सहरी विकास मन्त्री र महानगरको नेतृत्वले गरेको कामको प्रशंसा गर्दै अहिले भएको समस्या सदनमा आएर राख्न सहर विकास मन्त्री रामकुमारी झाँक्रीलाई आग्रह गरे । ‘सहरी विकास र महानगर दुवैको नेतृत्वले प्रशंसा योग्य काम गरिरहनु भएको छ,’ उनले भने, ‘ यसकै कारण हिजो मात्रै समझदारी भएर फोहर उठ्न थालेको छ । तर आज बिहानबाट फेरि फोहर उठ्ने कुरा बन्द भएको छ । केही बल प्रयोग पनि भएको छ । माननीय सहरी विकास मन्त्रीलाई यहाँ आएर सदनलाई जानकारी गराउन आग्रह गर्छु । के गर्याे भनेर सवाल जवाफ गर्न होइन । समस्या कहाँनिर पर्याे गाँठो फुकाउने कुरामा हामी मद्दत गर्न चाहान्छौँ ।’
सांसद थापाले यो समस्या सम्बोधन गर्ने सबैको जिम्मेवारी समेत भएको बताए । उनले सबै सांसद यही बस्ने भएकाले बाहिरका योजना काटेर भए पनि फोहरको समस्या समाधान गर्नुपर्ने भनाइ राखे ।
‘हामी काठमाडौंको सांसद मात्रै होइन बाहिरको सांसद पनि यहि बस्छौँ,’ उनले भने, ‘हामीले निकालेको फोहर हो । बाहिरको ५ वटा योजना काटे पनि हुन्छ । तर बञ्चरेडाँडा र सिसडोलमा लामो समयदेखि हामीले प्रतिज्ञा गरेको पुरा गर्न यो पटको बजेटबाट केही अर्ब पैसा छुट्याउने हो भने फोहरको दीर्घकालीन समाधान निस्कन्छ ।’

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया