सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

सेयर बजार सुधारका लागि गभर्नर कहाँ पुग्यो लगानी संघ

काठमाडौँ - सेयर बजार निरन्तर घट्न थालेपछि नेपाल पूँजीबजार लगानीकर्ता संघले आफ्नो सक्रियता बढाएको छ। मंगलबार संघले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटघाट गरेको छ ।

संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गभर्नर अधिकारीसमक्ष सेयर बजारको पछिल्लो अवस्था, सेयर बजारमा परेको दवाव, ४/१२ करोडको क्याप, सिडी र सिसिडी रेसियो लगायतको समस्या अवगत गराएको पोखरेलले जानकारी दिइन् । 

जवाफमा गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको अवस्थालाई मध्यनजर गर्दै लगानीकर्ताको समस्यालाई गम्भिर रुपले अध्ययन गर्दै त्यसतर्फ कसरी सहजीकरण गर्ने भन्ने बारेमा छलफल अगाडि बढाउने जानकारी दिएको संघले जनाएको छ।

संघले प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत केही दिनअघि भेटेर ज्ञापनपत्र बुझाएको थियो ।