मकवानपुर जिससमा कांग्रेसको दाबी

मकवानपुर - मकवानपुर कांग्रेसले जिल्ला समन्वय समितिको नेतृत्व हुनुपर्ने दाबी गरेको छ । नेपाली कांग्रेस मकवानपुर जिल्ला पार्टी सभापति बुद्ध लामाले आज पत्रकार सम्मेलन गर्दै मकवानपुरमा कांग्रेस सबैभन्दा ठूलो दल भएकोले आफूहरूले जिल्ला समन्वयमा आफ्नो दाबी रहेको बताए ।
स्थानीय तह सदस्य निर्वाचनमा १० स्थानीय मध्ये थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाको नेतृत्व माओवादी केन्द्र र एकिकृत समाजवादीलाई दिएका कारण पनि जिल्लाको नेतृत्व दावी गर्ने अधिकार कांग्रेससँग रहको लामाले बताए ।
उनले जिल्ला समन्वय समितिको निर्वाचनमा काँग्रेसकै नेतृत्वमा अघि बढ्ने गरी गठबन्धन दलहरुबीच छलफल भइरहेको समेत बताए । जिल्ला समन्वय समितिको निर्वाचनमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी कूल २० जनाले मतदान गर्न पाउँछन् ।
नेपाली कांग्रेसका ९ जना, नेकपा माओवादी केन्द्रमा ७ जना, नेकपा एमालेका ३ जना र नेकपा एकीकृत समाजवादीको १ जना मतदाता रहेका छन् ।
सयैबिच मकवानपुर कांग्रेसले जनभावना अनुरूप स्थानीय तहको विकास निर्माण तथा अन्य काम गर्न निर्देशन दिएको छ ।

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

प्रतिक्रिया