गण्डकी सरकारको नीति तथा कार्यक्रम : प्राथमिकतामा ‘स्वास्थ्य’ (पूर्ण पाठ)
५० वर्ष उमेर पूरा भएका नागरिकलाई ६/६ महिनामा निःशुल्क स्वास्थ्य परीक्षण

पोखरा - गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभामा मंगलबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई जोड दिइएको छ ।
प्रदेशवासीको स्वास्थ्यमा सुधार ल्याउन प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गरिने, जनसंख्या व्यवस्थापन गर्न प्रदेश जनसंख्या नीति तर्जुमा गरी कार्यान्वयन गरिने पनि जनाइएको छ ।
गण्डकी सरकारले ‘प्रदेश सरकारको प्रतिबद्धता : मर्यादित महिनावारी र स्वच्छता’ भन्ने नारा लिँदै किशोरीहरूको स्वास्थ्य सुरक्षाका लागि प्रदेशका सबै सामुदायिक विद्यालयहरूमा निःशुल्क स्यानिटरी प्याड वितरण र विसर्जनको सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ । महिनावारी विभेद अन्त्य गर्न सबै सरोकारवालाको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने सरकारको नीति छ ।
५० वर्ष उमेर पूरा भएका नागरिकको लागि ६/६ महिनामा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइने नीति लिएको छ । यो काम सरकारले स्थानीय तहबाट हुनेछ । सुत्केरी आमा पोसिलो खाना कार्यक्रम तय गरी अति विपन्न सुत्केरीलाई ४५ दिनसम्मका लागि स्थानीय तहसँगको सहकार्यमा पोषण भत्ता उपलब्ध गराइनेछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा गण्डकीमा ५० शैयाको मुटु रोग अस्पताल निर्माण गर्ने, स्वास्थ्य बीमा कार्यक्रम सबैको पहुँचमा पुराउने, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर लगायत प्रजनन अंगको क्यान्सरको निशुल्क उपचार गर्ने, स्थानीय तहबाट संचालित अस्पताललाई थप प्रभावकारी बनाउन कार्यक्रम तय गर्ने लगायत विषय समेट्दै स्वास्थ्यमा जोड दिइएको छ ।
शिक्षाको हकमा एक विद्यालय एक नर्स कार्यक्रम लागू गर्ने, प्राविधिक एसईई अध्ययन गर्ने दलित समुदायका छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम क्रमशः सुरु गरिने उल्लेख छ ।

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

प्रतिक्रिया