फोहोरको समस्या समाधान गर्न प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : गगन थापा
काठमाडौं–कांग्रेस महामन्त्री एवम् सांसद गगन थापाले फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले पहलकदमी लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘काठमाडौंको फोहोर व्यवस्थापन गर्न कतिपय कुरा फोहोर व्यवस्थापन सहरी विकास मन्त्रालय र काठमाडौं महानगर यी दुईवटा निकायले मात्रै चाहेर सम्भव छैन,’ उनले भने, ‘ कतिपय स्रोत साधान, कानुन नियमको गाँठो फुकाउन सम्माननिय प्रधानमन्त्रीलेनै पहलकदमी लिनुपर्ने छ । यसका लागि म प्रधानमन्त्री ज्यूलाई विशेष पहल कदमी लिन आग्रह गर्दछु ।’
फोहोर व्यवस्थापन सहरी विकास मन्त्रालय र काठमाडौं महानगरले मात्रै गर्न नसक्ने भन्दै उनले नगरवासीलाई पनि स्रोतबाटै फोहोर छुट्याउन पनि आग्रह गरे । ‘सरकारले कर्तव्य पुरा गरेसँगै हामी नगरवासीले पनि केही कामहरू गर्नुपर्ने छ,’ उनले भने, ‘यसको लागि श्रावण १ बाटै स्रोतबाटै कुहिन र नकुहिने फोहोर छुट्याउनको लागि काठमाडौं महानगरपालिकाले अपिल गरेको छ । काठमाडौँ महानगरवासी भएकाले र यो क्षेत्रको संसद भएको नाताले फोहोर मुक्त काठमाडौं बनाउने अभियानमा सम्पुर्ण महानगरवासीले साथ दिनको लागि हार्दिक अनुरोध गर्दछु ।’
सांसद थापाले वडाहरू जनप्रतिनिधिलाई पनि काममा सहयोग गर्न आग्रह गरे ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया