मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न एमालेका चार सांसदको प्रस्ताव

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल एमालेका चारजना सांसदले चार मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा एमाले सांसदहरु पदमाकुमारी अर्याल, विमला विक, लालबाबु पण्डित र गोकुलप्रसाद बाँस्कोटाले सो प्रस्ताव गर्ने भएका हुन् ।
बैठकमा प्रस्तुत विनियोजन विधेयक–२०७९ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अर्यालले, बाणिज्य तथा आपूर्ति मन्त्रालयको बिकले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पण्डितले र सूचना तथा सञ्चार मन्त्रालयको बास्कोटाले खर्च कटौती गरी एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया