उपसभामुख पद खारेज गरौँ : सिंह
काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकको बोल्दै उनले यस्तो माग राखेका हुन् ।
‘हामीले कस्तो संसदीय व्यवस्था अगाडि बढाउनु खोजेका छौँ ,’उनले भने, ‘उपसभामुख पद चाहिएन भने पदै खारेज गरौँ । चाहिन्छ भने उपसभामुखको पद अहिले सम्म नियुक्ति किन भएन ? उपसभामुखको कारणले सभाको खर्च बढ्छ भने उपसभामुख पद खारेज गरौँ ।’
उनले प्रतिनिधि सभाको राज्यव्यवस्था समिति र सुशासन समिति पनि हटाउन माग गरे । ‘प्रतिनिधि सभाको राज्यव्यवस्था समिति र सुशासन समिति छ,’ उनले भने, ‘त्यसले पनि एक सालदेखि काम गरिरहेको छैन । त्यो पनि चाहिएन भने त्यसलाई पनि खारेज गरौँ । त्यहाँका मान्य सदस्यहरूलाई अर्को समितिमा पठाउँ । उपसभामुख पद र राज्यव्यवस्था समिति पनि हटाउँ । किनकी सरकारलाई यी समितिहरु चाहिँदैन चाहिँदैन ।’

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया