अर्थमन्त्रालयको प्रस्तावलाई सञ्चारमन्त्रालयले 'कोल्याप्स' हान्यो : गोकुल बास्कोटा
काठमाडौं– एमाले सांसद गोकुल बास्कोटाले अर्थमन्त्रालयको बजेटको प्रस्तावलाई सूचना तथा सञ्चार मन्त्रालयले 'कोल्याप्स' गरिदिएको बताएका छन् । उनले संसदमा सञ्चार मन्त्रालयको खर्च कटौतीका विषयमा बोल्दै यस्तो बताएका हुन् ।
अर्थमन्त्रालयले नयाँ सवारीसाधन खरिद नगर्ने प्रस्ताव गरे पनि सञ्चार मन्त्रालयले नयाँ साधान खरिद गर्ने शीर्षकमा बजेट विनियोजन गरेको उनको भनाइ छ ।
‘बजेट भाषण गरिरहँदा अर्थमन्त्रीले जुँगामा ताउ लगाउँदै के कुरामा ताली खाए भने- कुनै पनि सरकारी निकायमा नयाँ सवारी साधन खरिद गरिने छैन ,’ उनले भने, ‘तर सञ्चार मन्त्रालयले आफ्नो विनियोजन शीर्षकको पहिलो ‘क’ नम्बरमै ४ वटा मोटरसाइकल ७ वटा स्कुटर किन्ने भनेर राखिएको छ । यस्तो देखियो कि सञ्चार मन्त्री झुट हो कि अर्थ मन्त्री झुट हो ? मेरो विचारमा अर्थ मन्त्रालयको प्रस्तावलाई सञ्चार मन्त्रालयले कोल्याप्स हान्यो ।’ उनले यस्ता खर्च कटौती गर्नु पर्ने बताए ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया