मिथाली राजले लिइन् अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
काठमाडौँ – भारतीय क्रिकेट टिमकी कप्तान मिथाली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएकी छन् । मिथालीले सामाजिक सञ्जाल ट्विटरमार्फत सन्न्यासको घोषणा गरेकी हुन् ।
३९ वर्षीया मिथालीले भारतीय टिम सक्षम खेलाडीको हातमा रहेको भन्दै सन्न्यासको लागि उचित समय आएको बताइन् । मिथालीले भारतका लागि १२ टेस्ट, २ सय ३२ एकदिवसीय तथा ८९ टी-ट्वान्टी खेलेकी छन् ।
उनले पछिल्लो पटक यसै वर्ष आयोजना भएको एकदिवसीय विश्वकपमा भारतीय टिमको कप्तानी गरेकी थिइन् । उनले एकदिवसीयमा ७ हजार ८ सय ५ रन बनाउँदा ७ शतक समेत प्रहार गरेकी थिइन् । मिथालीले टेस्टमा एक शतक सहित ६ सय ९९ रन जोडिन् भने टी-ट्वान्टीमा २ हजार ३ सय ६४ रन जोड्दा १७ अर्धशतक प्रहार गरेकी थिइन् ।
समग्रमा १० हजार ८ सय ६८ रन बनाएकी मिथाली अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । साथै एकदिवसीयमा पनि उनी सर्वाधिक रन बनाउने महिला क्रिकेटर हुन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया