अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेकै कार्यक्रममा जसपा नेताहरूबीच कुटाकुट

जनकपुरधाम - जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएको छ । अध्यक्ष उपेन्द्र यादव अतिथि रहेको धनुषाको स्थानीय निर्वाचन सम्बन्धी समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएको हो ।
नामै किटेर केही नेताको अन्तर्घातका कारण जिल्लाका विभिन्न पालिकामा हार व्यहोर्नु परेको आरोप लागेपछि नेताहरूबीच विवाद भएको थियो ।
बैठकमा सबैला नगरपालिकाका जसपा अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादवलगायतको समूहले गरेको अन्तर्घातका कारण विभिन्न पालिकामा हार व्यहोर्नु परेको आरोप लगाएपछि विवाद बढ्दै कुटाकुट भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
उनले साधु बसेको सिटमा नगरध्यक्ष यादव समर्थकहरूले हात हालेपछि दुवै पक्षबीच कुटाकुट भएको थियो ।
कार्यक्रममा सहभागी ती नेताले भने, 'केन्द्रीय अध्यक्ष यादवको निर्देशनमा कुटाकुट गर्नेलाई सभाबाट बाहिर निकालिएपछि माहौल शान्त भएको थियो ।'
कुटाकुटमा सिकिन्दर सिंह यादव, जितेन्द्र मुखिया र अवधकिशोर रविदासलाई चोटपटक लागेको बताइएको छ । उनीहरूको अवस्था सामान्य रहेको ती नेताले जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया