इंगल्यान्डको जर्सीमा केनको कीर्तिमान
काठमाडौँ: विश्वकप २०२२ छनौट अन्तर्गतको खेलमा बिहीबार राती इंगल्यान्डले पोल्यान्डलाई २-१ ले हरायो । इंगल्यान्डको जितमा ह्यारी केन र ह्यारी म्याग्वायरले एक-एक गोल गरे । पोलिस टिमका लागि ज्याकब मोडरले गोल फर्काए ।
खेलको सुरुवाती गोल इंगल्यान्डले गर्यो । टोटनहमका स्ट्राइकर केनले पेनाल्टीमा गोल गर्दै इंगल्यान्डलाई खेलमा अघि बढाए । यससँगै इंगल्यान्डको जर्सीमा केनले गरेको पेनाल्टी गोल संख्या १० पुगेको छ । केन इंगल्यान्ड राष्ट्रिय टोलीको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान फ्रान्क लाम्पार्डको नाममा थियो ।
त्यस्तै केनले इंगल्यान्डका लागि साताको सबैदिन गोल गर्ने कीर्तिमान पनि राखेका छन् । यसअघि त्यस्तो कीर्तिमान लाम्पार्ड र वायन रुनीको नाममा थियो ।
केनले इंगल्यान्डका लागि २१ युरो र विश्वकप छनौट खेलहरुमा २२ गोल गरेका छन् भने आठ असिस्ट दर्ता गरेका छन् । उनले इंगल्यान्डका लागि कुल ३४ गोल गरेका छन् । इंग्लिस टिमका लागि सर्वाधिक गोल गर्ने खेलाडी रुनी हुन् ।
पूर्व म्यानचेस्टर युनाइटेड खेलाडी रुनीले कुल ५३ गोल गरेका छन् ।

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

कमल थापाले जिते टेनिस उपाधि

प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

प्रतिक्रिया