जिसस धनुषामा कांग्रेसका पुरै प्यानल निर्विरोध

जनकपुरधाम - जिल्ला समन्वय समिति धनुषामा प्रमुखसहित पुरै प्यानल नेपाली कांग्रेसकै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । बुधबार जिससका प्रमुख, उपप्रमुखसहित सदस्यहरूमा कांग्रेसले मात्र मनोनयन परेपछि सबै निर्विरोध निर्वाचित भएका हुन् ।
धनुषाका मुख्यनिर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार प्रमुखमा राजनन्द मण्डल राज, उपप्रमुखमा संगितादेवी ठाकुर निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा इश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापा मगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार, सोनिता देवी सदा र दलित वा अल्पसंख्यक सदस्यमा महेन्द्र महतोले मात्र उम्मेदवारी दर्ता गराएको अधिकृत प्याकुरेलले जानकारी दिए ।
उनले जिससका लागि ९ जनाको आवश्यक रहेकोमा ९ जना कांग्रेसकै मात्र उम्मेदवारी परेको बताए । यद्यपि उनीहरूलाई निर्विरोध घोषणा गरिसकिएको छैन ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया