युट्युबमा दर्शक आएपछि ‘डाँडाको वरपिपल २’ बनाउने शोभितको घोषणा

काठमाडौँ -विवादका बीच पनि हलमा दर्शक नपाएको ‘डाँडाको वरपिपल’को सिक्वेल बन्ने भएको छ । सामान्यतया विवादले फिल्मको पब्लिसिटी हुने र दर्शक हलमा आउने विश्वासमा फिल्मकर्मी रिलिजको समयमा हुने विवादलाई ननिको मान्दैनन् ।
तर राजेश हमाललाई छाडेर यसका निर्देशक शोभित बस्नेतले अरु कसैलाई महानायक मान्ने घोषणापछि सुरु भएको विवादले फिल्मलाई भने फाइदा गरेको थिएन । दसैँको मुखमा रिलिज भएको फिल्मलाई दर्शकलाई नकारिदिएका थिए ।
तर चारअघि युट्युबमा रिलिज भएको फिल्मले ठीकैका दर्शक पाएको छ । फिल्मले अहिलेसम्म १८ लाख दर्शक पाएको छ र नेपालको युट्युब ट्रेन्डिङमा पहिलो स्थानमा छ । युट्युबमा फिल्मले प्रतिक्रिया पनि राम्रो पाएको छ । यो सबै देखेर हौसिएका शोभित बस्नेतले यसको दोस्रो भाग बनाउने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा फिल्मको घोषणा गरेका हुन् ।
शोभित बस्नेतको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, विनोद न्यौपाने आदि कलाकारको अभिनय रहेको थियो । भुवन केसीले अतिथि भूमिकामा अभिनय गरेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया