‘प्रसाद २’ मा निर्देशक फेरबदल, सौरभ चौधरीको ठाउँमा सुदर्शन थापा

काठमाडौँ - घोषणा भएको लामो समयसम्म पनि फ्लोरमा जान नसकेको फिल्म ‘प्रसाद २’मा निर्देशक परिवर्तन भएका छन् । फिल्मबाट पहिले तय भएका निर्देशक सौरभ चौधरी निस्किएका छन् भने उनको ठाउँमा सुदर्शन थापा भित्रिएका छन् ।
सौरभ चौधरीले आफू सो फिल्मबाट अलग भएको पुष्टि गरे । ‘के कारणले म निस्किएँ त्यो म म उपयुक्त समयमा बताउँछु । अहिलेलाई चाहिँ म त्यो फिल्ममा निर्देशकको हैसियतमा आबद्ध छैन,’उनले इकागजसँग प्रतिक्रिया दिँदै भने ।
यो फिल्मको पहिलो भाग दिनेश राउतले निर्देशन गरेका थिए । सुशील पौडेलको लेखन रहेको फिल्ममा विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको अभिनय रहेको थियो ।
निर्देशक परिवर्तनसँगै फिल्मको कलाकारमा पनि परिवर्तन आउने चर्चा छ । पहिलो भागका केही कलाकार दोस्रो भागमा नरहने सम्भावना रहेको स्रोत बताउँछ । पहिलोसँगै दोस्रो भागलाई पनि सुवास थापाले निर्माण गर्नेछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया